दफा ५
आय टिकटको बिक्री व्यवस्था
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आय टिकट कसैले खरीद गरेमा त्यस सम्बन्धी पाउने कमिशनको व्यवस्था गर्न सक्नेछ ।
(२) यो ऐनबमोजिम टाँस्नु पर्ने आय टिकटको नपाईने अवस्था पर्न आएमा अथवा सो टिकट टाँस्नु पर्ने कागजमा उपयुक्त स्थानको अभाव भएमा आय टिकट दस्तूर वापत लाग्ने रकम ………स्थानीय माल अड्डा वा नेपाल राष्ट्र बैंकमा बुझाई भरपाई लिई सो भरपाई टिकट टाँस्नु पर्ने कागज साथ संलग्न राखेको भएमा यस ऐनको प्रयोजनको निमित्त आय टिकट टाँसिएको मानिनेछ ।
(३) ……स्थानीय माल अड्डा, नेपाल राष्ट्र बैंकमा जुनसुकै व्यक्तिले आय टिकट वापतको रकम बुझाउन ल्याएमा बुझिलिई रीतपूर्वकको भरपाई गरी दिनुपर्छ र माल अड्डाले यसरी आएको रकमको छुट्टै किताब खडा गरी आम्दानी बाँधी साल तमामीमा कर अड्डामा बुझाउनु पर्छ ।…………